Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जुवाडे संचालकलाई छुटाउन एनआईसी बैंकको चलखेल, जनताको निक्षेपमा मस्ती !

    जुवाडे संचालकलाई छुटाउन एनआईसी बैंकको चलखेल, जनताको निक्षेपमा मस्ती !

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । प्रहरीले लकडाउनका समयमा जुवाखालबाट  रङ्गेहात पक्राउ गरेका ९ जना ठूला जुवाडे व्यापारीलाई हिरासतमै राखेपछि गृह मन्त्रालयसम्म हल्लीखल्ली मच्चिएको छ।

    गणगौर रिजेन्सी बुटिक होटलबाट सोमबार राति जुवा खेल्दाखेल्दै पक्राउ परेका ७ ब्यापारीको मंगलबार राति हाजिर जमानीमा छुट्ने प्रयास असफल भएको छ ।



    काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्यादथप भएपछि कोरोना भाइरसको संक्रमणको त्रास देखाएर हाइप्रोफाइल मारवाडी जुवाडेहरुलाई छोड्नका लागि महानगरीय आयुक्त डीआइजी विश्वराज पोखरेलले दरबारमार्ग बृत्तका डीएसपी रन्जन दाहाललाई निर्देशन दिएका थिए ।



    सिडियो कार्यालयले पाँच दिनको म्याद थपेर जुवाडेलाई नछाडेपछि सरकारी वकिल कार्यालय काठमाडौंसँग सहमित लिएर जुवाडे छाड्न डीआइजीको निर्देशनमा डीएसपी दाहालले सरकारी वकिलमा पत्र  पठाए ।

    तर ,सरकारी वकिल कार्यालयले म्यादथप गरिसकेका जुवाडेलाई हिरासतमुक्त गर्न नमिल्ने जवाफ दियो ।

    सरकारी वकिल कार्यालयले हिरासतमुक्त गर्न सहमति नदिएपछि डीआइजी पोखरेलले ठाडो प्रस्तावमा हाजिर जमानीमा छाड्न निर्देशन दिए ।

    स्रोतका अनुसार डीएसपी दाहालले लिखित रुपमा आदेश चाहिन्छ, अन्यथा आफूले छाड्न नसक्ने जवाफ दिएसँगै यो प्रकरण अहिले गृह मन्त्रालयसम्म पुगेको छ।

    काठमाडौंका सीडीओ जनकराज दाहाललाई शक्तिकेन्द्रमार्फत् चर्को दबाब दिएर म्यादथप नगर्न चलखेल गरेका जुवाडेहरुको प्रयास असफल भएको छ । आज पनि जुवाडे छुटाउने कसरत भइरहेको छ ।  उनीहरुलाई छाड्न डीएसपी दाहालमाथि दबाब परिरहेको छ ।

    आज उनले माथिल्ला निकायका हाकिमको आदेश नमानेमा सरुवा नै गर्नेसम्मको तयारी भएको स्रोत बताउँछ ।

    दरबारमार्गको टोलीले गणगौर रिजेन्सी बुटिक होटलबाट एनआइसी एसिया बैंकका संचालक रामचन्द्र संघाई, लाइफ इन्स्योरेन्स कम्पनीका संचालक तथा विशाल ग्रुपका एमडी अशोककुमार अग्रवाल, ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष नन्दकिशोर शर्मालाई पक्राउ गरेको थियो ।
    त्यस्तै ब्यापारीहरु विमल खेतान, विमल अउजा,सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका थिए ।

    जोगाईले होटलमा यसरी हाइप्रोफाइल मारवाडीलाई बषौैदेखि जुवा खेलाउँदैआएका थिए । प्रहरी स्रोतका अनुसार बिशाल ग्रुपको बाहुल्यता रहेको एनआईसी एसिया बैंकसँग डिआईजी पोखरेलको उठबस रहँदै आएको छ।

    उनले एनआईसी बैंकबाट सहयोग लिएर राहत समेत बितरण गरेका थिए। स्रोतका अनुसार त्यही गुन तिर्न खोज्दा डिआईजी पोखरेल चिप्लिएका छन्। अहिले एनआईसीका सिइयो रोशन न्यौपानेको बास नै पोखरेलकहाँ कहाँ हुने गरेको छ।

    आफ्ना संचालक रामचन्द्र संघाईलाई छुटाउन न्यौपाने गृह मन्त्रालयसम्म चलखेल गर्न थालेको एनआईसी बैंक स्रोत वताउँछ। सर्बसाधारण जनताको निक्षेप रहेको र आफुलाई देशकै नम्वर वान बैंक दाबी गर्ने एनआईशी बैंकको यस्तो हर्कतले बैंक भित्रकै कर्मचारीहरु अचम्ममा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार