Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतबाट आएर क्वारेन्टाइनमा बसेकी युवतीको मृत्यु

    भारतबाट आएर क्वारेन्टाइनमा बसेकी युवतीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 1.9K
    SHARES

    फाइल तस्बीर

    काठमाडाैं । बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ ।

    मंगलबार मृत्यु भएकी उनी लामो समयदेखि मुटुको बिरामी रहेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोन कुँवरले बताए ।



    ‘१८ गते क्वारेन्टाइनमा आएका थिए,’ उनले भने, ‘हिजो राति करिब २ बजे एक्कासी मृत्यु भएको हो ।



    मृतक महिना, उनका श्रीमान्, १८ महिनाको छोरा र एक जना आफन्तको स्वाब संकलनको तयारी भइरहेको कुँवरले जानकारी दिए ।

    उनका अनुसार उनी त्यहीँ जेठ १६ गते गौरीफन्टा नाकाबाट हुँदै बैतडी पुगेकी थिइन् ।

    मृतक महिला भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

    आर्थिक समस्याका कारण बिगत केही दिनदेखि औषधि सेवन नगरेको उनी बताउँछन् ।

    नियमित औषधि सेवन नगर्दा मृत्यु भएको अनुमान गरिए पनि मृत्युको कारण त्यही हो भन्न नसकिने भट्टले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार