Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पहाडी भू-भागमा वर्षा हुने पूर्वानुमान

    पहाडी भू-भागमा वर्षा हुने पूर्वानुमान

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । आज पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको प्रभावकासाथै पूर्वी भू-भाग नजिकै रहेको निम्न चापिय रेखा तथा अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी क्षेत्रका थोरै स्थानमा वर्षा हुनेछ ।



    पूर्वानुमान महाशाखाले आज पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले बिहिबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।



    प्रदेश १ का थोरै स्थानहरुमा भने राति मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोली प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार