एजेन्सी । रुसमा चार दिनमै कोरोना निकोपार्ने नयाँ औषधी प्रयोगमा ल्याइँदैछ। रुसले आगामी हप्तादेखी कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा ल्याउन लागेकाे समाचार एजेन्सी रोयटर्सले जनाएकाे छ।
रुसको स्वास्थ्यमन्त्रालयले अस्पतालमा रहेका सक्रमितलाई दिनका लागि यो एन्टिभाइरस औषधि स्वीकृति दिइसकेको छ। ११ जूनदेखि संक्रमितहरुलाई याे औषधि विरामीलाइ दिइनेछ।
रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ)का प्रमुख किरिल दिमित्रेभले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यसको जानकारी दिएका हुन्। दिमित्रेभका अनुसार औषधि निर्माता कम्पनीले कोभिड– १९ विरुद्धको भनिएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गरिसक्ने छ।
एभिफ्याभिर औषधि १९९० को दशकको अन्ततिर एक जापानी कम्पनीले विकसित गरेको थियो। आरडीआईएफका प्रमुख दिमित्रेभका अनुसार रुसका वैज्ञानिकले यो औषधिलाई परिस्कृत गरेर धेरै प्रभावकारी बनाएका छन्।
परीक्षणकै क्रममा रहेका केही यस्ता औषधिले आशा जगाए पनि ती औषधि विरामीलाई खुवाउनका लागि संबन्धित निकायबाट अझै स्वीकृति मिलिसकेको छैन। एभिफ्याभिर नामको यो औषधि कोरोना भाइरसविरुद्ध सफल रहेको रुसी अधिकारीहरुको दाबी छ।
Leave a Reply