काठमाडौँ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमार गरिएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
संक्रमित हुनेमा नवलपरासीका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।
थप १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितसंक्रमितको संख्या १८ सय ११ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार २ सय २६ संक्रमित थपिएको बताएको मन्त्रालयले साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जनाएको छ ।
Leave a Reply