Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विद्युतीय सवारी साधनको कर छुट हुँदैन : अर्थमन्त्री

    विद्युतीय सवारी साधनको कर छुट हुँदैन : अर्थमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट नहुने बताएका छन् ।

    संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले कर छुट हुनुपर्ने माग गरिरहेका बेला अर्थमन्त्री डा. खतिवडाले भने कर छुट नहुने दोहोर्याएका हुन् ।



    विद्युतीय सवारीको प्रयोग बढ्दा विद्युतको खपत बढे पनि विदेशी मुद्रा अस्वाभाविक खर्च हुनबाट जोगाउन कर बढाउनु परेको उनको तर्क थियो ।



    सांसदहरूले बजेटमा राखेको विद्युतीय सवारी साधनको आयातमा कर बढाउने प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।

    मन्त्री खतिवडाले कर बढाउँदा पनि विद्युतीय सवारी साधनको भन्सार महसुल अन्य सवारी साधनको भन्दा ५० प्रतिशतले कम रहेको बताए ।

    यद्यपी सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनलाई प्रश्रय दिने सकारको नीति रहेको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार