Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कालापानी नाकामा रहेका सिडियोलाई किन धनुषा सरुवा गरियो ?

    कालापानी नाकामा रहेका सिडियोलाई किन धनुषा सरुवा गरियो ?

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 5.1K
    SHARES

    काठमाडौ । गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापना गरेको छ।

    सरुवा तथा पदस्थापना अनुसार केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समेत हेरफेर भएकाे छ । दार्चुलाका सीडीयाे यदुनाथ पाैडेललाइ धनुषा जिल्लाकाे सहायक प्रमुख जिल्ला अधिकारी बनाएर थन्क्याईएकाे छ ।



    सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतसँग नेपालको विवाद बढिरहेको छ ।



    लिम्पियाधुरा, कालापानी र लिपुलेक दार्चुला जिल्लामा पर्छ । दार्चुलामा सीडीयो रहेको यदुनाथ पौडेलले उक्त क्षेत्रहरुको अवलोकनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेललाई भ्रमण गराउन खोजेका थिए । तर, मौसमको खरावीका कारण हेलिकोप्टर ल्याण्ड हुन नसक्दा उनको प्रयास सफल भएन ।

    पछिल्लो समय उनले भारतले मिचेको भूमिको बारेमा गृह मन्त्रालयलाई रिपोटिङ गरेका थिए । तर, उनलाइ पुरस्कृत गर्नुकाे सट्टा धनुषामा लैजानुलाई रहस्यमय मानिएकाे छ ।

    पाैडेललाई गृह सचिव महेश्वर न्याैपानेकाे दबाबमा सरूवा गरिएकाे स्राेतकाे भनाई छ ।

    धनुषामा रहेका सहायक सीडीयो शरदकुमार पोखेरललाई भने दार्चुलाको सीडीयो बनाएर पठाइएको छ ।

    यस्ताे छ सरूवा तथा पदस्थापनाकाे सूची

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार