Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना संक्रमितको ९९औं स्थानमा नेपाल

    कोरोना संक्रमितको ९९औं स्थानमा नेपाल

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । विश्वमा नेपाल कोरोना संक्रमितको सूचीमा सयभन्दा अगाडि आइपुगेको छ ।

    आइतबार थप १ सय ६६ जनामा संक्रमण देखिएपछि नेपाल अर्को सार्क सदस्य राष्ट्र श्रीलंकाभन्दा पछाडी ९९ औं स्थानमा आइपुगेको हो ।



    हालसम्म विश्वको सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने सार्क सदस्य राष्ट्रमा भारत अगाडि रहेको छ ।



    संक्रमित र मृतक दुवैको शीर्षस्थानमा अमेरिका रहेको छ । त्यस्तै मृतकको सूचीको दोस्रो स्थानमा बेलायत रहेको छ भने संक्रमितको सूचीमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म संक्रमित संख्या ५ लाख नाघिसकेको छ । त्यस्तै रसियामा संक्रमित संख्या ४ लाख नाघेको छ ।

    रसिया पछि संक्रमित धेरै हुनेमा स्पेन, बेलायत, इटाली, भारत, फ्रान्स, जर्मनी, पेरु रहेका छन् । मृतकहरुको सूचीअनुसार शीर्षस्थानमा रहेको अमेरिकापछि बेलायत, इटाली, ब्राजिल, फ्रान्स, स्पेन, मेक्सिको, बेल्जियम, जर्मनी र इरान क्रमशः टप टेनसूचीमा परेका छन् ।

    विश्वभर नै कोरोना संक्रमितको संख्या बढिरहेकाले यसको महामारी अझै फैलनसक्ने खतरा पैदा भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार