Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्दा लोकतन्त्रको हत्या ?

    कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्दा लोकतन्त्रको हत्या ?

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले नेपाली सेनालाई परिचालन गर्न निर्णय गरेको बेला नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले भने त्यसको विरोध गरेका छन् ।

    यतिबेला सेना परिचालन गर्न नहुने भन्दै उनले विवादास्पत अभिव्यक्ति दिएका छन् । भारतसँग नजिक रहँदै आएका सांसद सिंहका गतिविधिलाई संकाका दृष्टिकोणले हेर्ने गरिएको छ ।



    संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले सेनालाई कोरोना नियन्त्रणका लागि विश्वका कुनै पनि देशले परिचालन नगरेको तर, नेपालमा किन गर्नुपर्यो भन्दै विरोध गरेका हुन् ।



    ‘नेपाली सेनाको बुटले नेपाली जनतालाई दबाउन खोजिदै छ भने त्यो लोकतन्त्रको हत्या हुन्छ’, कांग्रेसका सांसद डा.सिंहले भने,‘दुनियाँको कुनैपनि मुलुकमा कोरोना नियन्त्रणका लागि सेना परिचालन गरिएको छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार