Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सांसद चाैधरीले भनिन्- संसदमा भारतीय चेलीकाे दादागिरी सह्य हुँदैन

    सांसद चाैधरीले भनिन्- संसदमा भारतीय चेलीकाे दादागिरी सह्य हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 5.5K
    SHARES

    काठमाडौं । सांसद गंगा चौधरीले संसदमा भारतीय चेलीहरुको दादागिरी कुनै पनि हालतमा सह्य नहुने बताएकी छन्। साेमबार बसेकाे संसद बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सांसद सरिता गिरीलाई इंगित गर्दै यस्तो बताएकी हुन्।

    ‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन,’ उनले भारतले नेपाली भूमि अतिक्रमण गरेको बताउँदै भनिन्, ‘नेपालमाथि भारतको दादागिरी, न मिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन। भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो। भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे।’



    केही दिनअघि सांसद सरिता गिरीले नेपालले नयाँ नक्सा सार्वजनिक गर्नुअघि भारतसँग सल्लाह गर्नुपर्छ भन्‍ने बत्तव्य संसदमै दिएकी थिइन्। सांसद चौधरीले आफ्नो जमिन आफ्नो भन्‍न भूमि मिचाहा किन सोध्नुपर्यो भन्दै प्रश्‍न गरिन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार