Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • गृहमन्त्रीलाई टार्गेट गरी गगन थापाले भने- रूकुम हत्या घटनामा संसद टुलुटुलु हेरेर बस्दैन!

    गृहमन्त्रीलाई टार्गेट गरी गगन थापाले भने- रूकुम हत्या घटनामा संसद टुलुटुलु हेरेर बस्दैन!

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापालाइ टार्गेट गरी रूकुम हत्या घटनालाइ संसदमा जाेडदार तवरले उठाएका छन्। उनले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति गठनको माग समेत गरे

    सोमबार प्रतिनिधिसभा बैठकमा बोलेका सांसद थापाले उक्त घटनामा राज्यको लाचारीलाई संसदले टुलुटुलु हेरेर बस्न नसकिने बताए। थापाले भने,‘दलितका हक लेख्यौं, कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ।’



    उनले अविलम्ब सर्वदलीय संसदीय छानविन समिति गठन गर्न माग गरे। ‘अविलम्ब सर्वदलीय संसदीय छानविन समिति गठन गर्नुपर्छ। यो नबनाएसम्म हामी मागिरहनेछौं। न्यायका पक्षमा बोलिरहेनेछौं। लडिरहनेछौं,’ थापाले भने।



    उक्त घटनामा आफ्नी प्रेमीकाको घर गएका जाजरकोटका नवराज विकर उनका पाँच जना साथी मृत्यु भएको थियो। एक जना अझै बेपत्ता छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार