Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आचारसंहिता उल्लङ्घन गर्ने सांसदलाई बैठकमा रोक

    आचारसंहिता उल्लङ्घन गर्ने सांसदलाई बैठकमा रोक

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडाैँ । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर दैलेख क्षेत्र नं १ ९ख० बाट र सुशील क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

    दुवैलाई कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बनाएको आचारसंहिताको उल्लङ्घन गरी सङ्क्रमणको उच्च जोखिममा रहेको जिल्लामा गएको आरोप छ । दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशसभा सदस्यद्वय क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निरीक्षण र जिल्ला भित्रिने नागरिकको उद्धारमा खटिएको थिए।



    सभामुख राजबहादुर शाहीले आइतबारको बैठकमा अहिलेको अवस्थामा सबै सदस्यले सतर्कता अपनाउनुपर्ने जनाउँदै बजेट अधिवेशनभर कुनै पनि सदस्यलाई बाहिर नजान र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन रुलिङ गरेका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार