Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लद्दाखमा भारत र चिनियाँ सेनाबीच शक्ति प्रदर्शन, हतियार र सैनिक गस्ती बढ्यो

    लद्दाखमा भारत र चिनियाँ सेनाबीच शक्ति प्रदर्शन, हतियार र सैनिक गस्ती बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 5.2K
    SHARES

    एजेन्सी । लद्दाखमा भारत र चिनियाँ सेनाबीच  पछिल्लाे समयम तनाव बढिरहेको छ। सीमा रेखाको बिषयमा दुवै देशले लद्दाखको सीमावर्ती क्षेत्रमा थप सुरक्षा वढाउँदै ठूला खालका सैन्य हतियार र सैनिक बढाएका छन् ।

    पटक पटक फिल्ड अफिसरको वार्ता, कुटनीतिक प्रयासलगायतका प्रयाससँगै दुवै देशले सम्भावित भिडन्तलाई ध्यान दिएर सैनिक, हतियार र प्रदर्शन जारी राखेका छन् ।



    लद्दाखको पूर्वी क्षेत्र पाङ्गगोङ र गलवान क्षेत्रमा एकले अर्कालाई देखाउनै लागि पनि शक्ति प्रदर्श गरिरहेका छन् ।



    भारतले सीमा क्षेत्रमा वायु सेनासमेत परिचालन गरेको छ । पैंगाैंग त्सो ताल नजिकै दुबै सेनाबीचकाे वादविवादकाे क्रममा चिनियाँ सैनिकहरूले ‘अनैतिक तरीका’ काे सहारा लिई भारतीय सुरक्षा कर्मीमाथि काँडे तारको डण्डा र ढुंगाले हमला गरेको भारतीय संचारमाध्यम आजतकले जनाएको थियो ।

    चिनियाँ सैनिकहरूले वादविवादको क्रममा पैंगाैंग त्सो ताल नजिकैको क्षेत्रमा भारतीय सैनिकहरूलाई लक्षित गर्दै ढुंगा र काँडे तारकाे लठ्ठी प्रयोग गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार