Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मदिरा र गाँजाको बिबादमा हत्या, चार आरोपित सार्वजनिक

    मदिरा र गाँजाको बिबादमा हत्या, चार आरोपित सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3K
    SHARES

    दाङ। तुलसीपुरमा मन्दिप भुजको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

    ईलाका प्रहरी कार्यालय तुलसीपुरले हत्याको आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवी निबासी २३ बर्षीय सौरभ पोख्रेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निबासी २३ बर्षीय अजय बुढाथोकी, सोही ठाउँका २० बर्षीय आशिष नेपाली, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निबासी २१ बर्षीय ओमबहादुर साकीलाई सार्वजनिक गरेको हो।



    शुक्रबार राति सामान्य विवाद पछि भुजको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  चार जनालाई जिल्ला अदालत दाङबाट १० दिन म्याद थप गरि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान थालिएको छ।



    तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित ज्ञान ज्योति प्राथमिक विद्यालयको पछाडी हत्या भएको अबस्थामा शव भेटिएको थियो।
    मदिरा सेवन र गाँजा सेवनबाट उत्पन्न सामान्य विवादले भुजको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    मृतक भुज र आरोपीहरु पश्चिम तर्फको अटोभिलेजदेखि उत्तरतर्फ रहेको एक होटेलमा राति ८ बजेदेखि संगै बसेर मादकपदार्थ सेवन गरेको खुलेको छ ।
    अटोभिलेजमा विगत २ बर्षदेखि रेडीवाटर बनाउने काम गर्दै आएका भुजलाई तुलसीपुर– ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन पछाडि मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार