काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई नै मन नपरेको सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) खारेज
नहुनु दुःखद् भएको बताएका छन्। ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै कम्तीमा कोभिड-१९ महामारीको संकटका बेला यो कोषका लागि रकम छुट्याउन नहुने उनको भनाइ छ । उनले बैठकमै त्यसकाे विराेध समेत गरे। श्रेष्ठले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्री दुवै जना सांसद विकास कोषको विपक्षमा हुनुहुन्छ तर बजेटमा खारेज गर्ने साहस किन गर्न सक्नुभएन ?’
बजेटले संकटलाई अवसरमा बदल्न नसकेको श्रेष्ठको भनाइ छ। ‘सरकारले ल्याएको बजेट कोभिड-१९ को आवश्यकता अनुरुप छ, यो बजेटले आजको राष्ट्रको आवश्यकतालाई सम्बोधन गरेको छ’ श्रेष्ठ भन्छन्, ‘यो बजेट सकारात्मक छ यसलाई कार्यान्वयन गरेर जानु नै अहिलेको आवश्यकता हो ।’
उनका अनुसार बजेटले कोरोनाबाट जीवन बचाउने, महामारीले टुटाएको अर्थतन्त्रको कडी जोड्ने, रोजगारी बढाउने, आयात प्रतिस्थापन गर्ने नीति लिएको छ।
Leave a Reply