Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘लकडाउनले हजाराैं गर्भवती स्वास्थ्य सेवाबाट वञ्चित’

    ‘लकडाउनले हजाराैं गर्भवती स्वास्थ्य सेवाबाट वञ्चित’

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काेराेना भाइरस महामारीबाट जोगिन लगाइएको लकडाउनका कारण गर्भवती, सुत्केरी तथा बालबालिकाको अकालमा ज्यान गइरहेको भन्दै सरकारको सांसदहरूले ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विद्या भट्टराईले लकडाउन अवधिमा ५६ जना सुत्केरीको मृत्यु भएको बताइन् ।

    ‘६० हजार भन्दा बढी गर्भवतीहरू स्वास्थ्य सेवाबाट बञ्चित छन्’, सांसद भट्टराईले भनिन्, ‘असुरक्षित गर्भपतनले गर्दा अकालमा ज्यान गइरहेको छ ।’ उनले अस्पताल जान नपाएर गर्भवतीहरूले क्वारेन्टिनमै बच्चा जन्माउनु पर्ने अवस्थाको अन्त्य गर्न माग गरिन् ।



    सांसद भट्टराईले प्रजनन् स्वास्थ्य सेवालाई संविधानले मानव अधिकारको रुपमा स्वीकारे पनि लकडाउनका बेला महिलाहरूले आधारभूत स्वास्थ्य उपचार समेत नपाएको बताइन् । बैठकमा नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले लकडाउनले गर्दा महिला अस्पतालमा सुत्केरी हुने महिलाको संख्या १० प्रतिशत भन्दा कम भएको उल्लेख गरिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार