Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिउँ’

    ‘कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिउँ’

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन सरकारलाई सुझाव दिएका छन् । ‘सम्पत्ति स्वयं घोषणा गर्न दिऔं, कालोसेतो नभनौं एकचोटीलाई’ प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने ‘सबैले सम्पत्ति अभिलेखीकरण गरौं । त्यो गर्‍यो भने राजस्व बढ्छ

    समाजवादी पार्टीको नेता भट्टराईले सम्पूर्ण नागरिकको सम्पत्ति अभिलेखीकरण गर्न पनि सरकारलाई सुझाव दिएका छन् । अर्बौ सम्पत्ति जमिनमा लगाउने र त्यसको कर नतिर्ने प्रवृत्ति देखिएको भन्दै उनले नागरिकको सबै सम्पत्ति अभिलेखीकरण गरी कर लगाउनुपर्ने बताएका हुन् ।



    व्यवसाय गर्‍यो भने कर लाग्ने, जग्गा किन्दा र घर बनाउँदा नलाग्ने प्रचलन अन्त्य गर्नुपर्ने भट्टराईले बताए । यसअघि भट्टराई अर्थमन्त्री भएका बेला २०६५ सालमा पनि सम्पत्तिको स्वघोषणा गर्ने योजना ल्याएका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार