Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • क्वारेन्टिन र आइसोलेसनमा रहेका तीन जनाको मृत्यु

    क्वारेन्टिन र आइसोलेसनमा रहेका तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । क्वारेन्टिन तथा आइसोलेसनमा रहेका एक बालिकासहित ३ जनाको मृत्यु भएको छ ।

    दुइ जनाकाे अस्पतालमा मृत्यु भएकाे हाे भने एक जनाले आत्महत्या गरेका हुन् ।



    जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको हो । भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।



    उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    उनीहरु ८ दिन पहिले कैलालीका गौरिफन्टा नाकाबाट आएका थिए । गाउँकै क्वारेन्टिानमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

    त्यसैगरी डडेल्धुरा बहुमुखी क्याम्पस क्याम्पसमा रहेको क्वारेन्टिानमा ६ वर्षीय बालकको मुत्यु भएको छ ।

    कैलालीको गौरी फन्टा नाकाबाट उद्धार गरी शनिबार राति १२ बजेतिर डडेल्धुरा बहुमुखी क्याम्पसको ल्याइएका बालकलाई शारीरिक समस्या देखिएपछि विहान ३ बजे डडेल्धुरा अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि उनको मृत्यु भएको हो ।

    त्यसैगरी क्वारेन्टिनमै बसेका गुल्मीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् । उनी भारतबाट शनिवार बिहान मात्र आइपुगेर क्वारेन्टिनमा बसेका थिए ।

    कोरोनाका कारण यसअघि मृत्यु भएका सात जनामध्ये ६ जनाको पिसिआर रिपोर्ट मृत्युपछि मात्रै आएको थियो । अहिले पनि त्यहि घटना दोहोरिन सक्ने देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार