Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपाली काग्रेस छत्रकोट ५ खज्र्याङ्ग गुल्मीद्धारा स्वास्थ्य सामाग्री वितरण

    नेपाली काग्रेस छत्रकोट ५ खज्र्याङ्ग गुल्मीद्धारा स्वास्थ्य सामाग्री वितरण

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली कांगेस छत्रकोट ५ गुल्मीले क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई बिभिन्न स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ ।

    हाल भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको चरम अभाव भइरहेको ब्यापक चर्चा भईरहेको अवस्थामा गुल्मी छत्रकोट ५ स्थायी घरभई हाल काठमाडौं लगायतका स्थानमा बस्ने नेपाली कांग्रेसमा आवद्ध ब्यक्तिहरुले उक्त सहयोग गरेका हुन् ।



    छत्रकोट गाउपालिका–५ मानकोट र खज्र्याङ्ग मा रहेका क्वारेन्टिन तथा फ्रन्टलाइनमा रहेर काम गर्नु पर्ने सस्थाहरु स्वास्थ्यचौकी, प्रहरीचौकीहरुमा सजिकल माक्स, सेनिटाइजर, थर्मलगन, फिनेल, पिपिइ सेट, केएन९५ माक्सलगायतका स्वास्थ्य सामाग्रीहरु बितरण गरीएको हो ।



    उक्त सामाग्री छत्रकोट गाउपालिका–५ का वडा अध्यक्ष कृष्ण पन्त, खज्र्याङ्ग स्वास्थ्य चौकीका इन्चार्ज युवराज पाण्डे, स्वास्थ्यकर्मी भगवती ज्ञवाली, प्रहरीचौकीका सइ नरबहादुर खड्काको रोहवरमा वितरण गरिएको थियो ।

    भारत लगायत अन्य मुलुकबाट आइ छत्रकोट–५ खज्र्याङ्ग र मानकोटमा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्यमा खरावी उत्पन्न हुन नदिनको लागि उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

    स्वास्थ्य सामाग्रीहरु बितरण कार्यक्रममा नेपाली काग्रेस छत्रकोट गाउँपालीका सभापती अनन्त पौडेल, पूर्व गाविस अध्यक्ष तुलसीराम पन्त, नेपाली काग्रेस छत्रकोट वार्ड नं.५ का पार्टी सचिव रामप्रसाद कँडेललगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको उत्साह जनक उपस्थिती रहेको थियो ।

    स्वास्थ्य सामाग्री वितरणका लागि नेपाली काग्रेस गुल्मी जिल्ला कार्य समितिका पूर्व कार्यवाहक सभापती महासमिति सदस्य तथा नेपाली काग्रेसका नेता रविराज ज्ञवाली र नेपाली काग्रेस छत्रकोट ५ गाउँकार्यसमितीका पूर्व सभापती एवं पूर्व क्षेत्रीय सदस्य तथा पूर्व गाविस उपाध्यक्ष नारायणप्रसाद अर्यालको नेतृत्व आर्थिक संकलन गरएिको थियो।

    गुल्मी छत्रकोट ५ खज्र्याङ्ग मानकोट स्थाई घर भई हाल काठमाडौंमा बसोवास गर्दै आएका युवाहरु रामप्रसाद भण्डारी, मदन अर्याल, अर्जुन कुमार अर्याल, मोहन अर्याल, वोधराज कँडेल, विक्रम ज्ञवाली, मनोज गौतम ,गीता अर्याल (ज्ञवाली) , प्रदिप कँडेल, अनिल ज्ञवाली, दिवस गौतम, मधु पाण्डे, लक्ष्मण गौतम, अरुण ज्ञवालीलगायतले आर्थिक तथा जिन्सी सहयोग गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार