Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतकाे बिना आधारका कूटनीतिक प्रयास असफल, नक्सा संशोधन विधेयक पेस हुँदै

    भारतकाे बिना आधारका कूटनीतिक प्रयास असफल, नक्सा संशोधन विधेयक पेस हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा संशोधन सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गर्ने भएको छ। निशान छापमा नेपालको कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नयाँ नक्सा राख्न लागि सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गर्ने लागेको हो। संसद सचिवालयले विधेयकलाई संसदको कार्यसूचिमा राखिएको जनाएको छ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएसँगै भारतकाे बीना आधारका कूटनीतिक प्रयास असफल भएका छन्।



    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय वैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार राति सकिएको बैठकले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।



    सरकारले यसअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक नक्सा जारी गरिसकेको छ। प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन्। अब संविधान संशोधनका लागि सरकारलाई आवश्यक पर्ने दुई तिहाइ मत निश्चित भएको छ। आज संसदमा पेस भएलगत्तै संशोधन विधयेक सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुन्छ।

    सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक)जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

    सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो।

    यसअघि काँग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको विषय र त्यसमा कांग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति गम्भीरतापूर्वक आकृष्ट भएको भन्दै काँग्रेसले आपत्ति जनाएको थियो।

    पार्टी सभापति शेरवहादुर देउवाले समेत ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन्, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ भनेर ट्विट गरिसकेका छन् । कांग्रेस संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरेर पछि हटेको भन्दै भारतीय मिडियाहरुले काँग्रेसको बदनाम गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार