Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय नागरिकले सशस्त्र प्रहरीकाे हतियार लुट्न खाेजेपछि गाेली चल्याे

काठमाडौं । सीमावर्ती क्षेत्र सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतीय एक समूहबीच झडप भएको छ।

बिहान साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा इलाकामा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले र भारतीय समूहबीच झडप भएको हाे।

प्रहरी टाेलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्दा झडप भएको जिल्ला प्रहरी कर्यालय सर्लाहीले जनाएकाे छ।

३०/४० जनाको समूहमा आएकाहरुले सशस्त्र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको थियो। अहिले अवस्था सामान्य प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077