Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चीाकाे दाबी: कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा आउँछ

    चीाकाे दाबी: कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा आउँछ

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । चीनले बनाएको कोरोना भाइरसविरुद्ध भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो ।

    मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले यसैबारे एक पोष्ट गरेको थियो । त्यसमा लेखिएको छ– यो भ्याक्सिन यसै वर्षको अन्तिममा वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्छ । भ्याक्सिन दोस्रो चरणको परीक्षणमा गएको छ ।



    चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद, राज्यपरिषद अन्तर्गतको मन्त्रीस्तरीय संगठन हो । कोरोना भाइरसको संक्रमण चीनको वुहानस्थित एक पशुपंछी बजारबाट सुरु भएको थियो । तर यसको औषधि अझै पत्ता नलाग्दा विश्वभर महामारीको रुप लिएको छ ।



    वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार