Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाका कारण मृत्यु भएका ७ नेपाली, जसले आफूलाई कोरोना लागेको थाहै पाएनन्

    कोरोनाका कारण मृत्यु भएका ७ नेपाली, जसले आफूलाई कोरोना लागेको थाहै पाएनन्

    कुमार भण्डारी
  • आइतबार, १८ जेष्ठ २०७७
  • 7.3K
    SHARES

    काठमाडौं । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ७ पुगेको छ । नेपालमा पहिलो पटक धुलिखेल अस्पतालमा उपचार गराउन आएकी सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको मृत्यु भएको थियो । कोरोना संक्रमणका कारण मृत्यु भएका ७ जनामध्ये कसैले पनि आफूलाई कोरोना संक्रमण भएको पत्तो पाएनन् ।

    घटना नं १
    मिति २०७७ साल जेठ ३ गते कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक सुत्केरी महिलाको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै बाह्रविसे नगरपालिका–९ राम्चे, सिन्धुपाल्चोककी २९ वर्षिय सुत्केरी महिला उपचारका लागि काभ्रेको धुलीखेल अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको जानकारी गरायो ।



    ति महिलालाई जेठ १ गते विहिबार अस्पताल ल्याइएको थियो । १ गते नै मृत्यु भएकी महिलाको रिपोर्ट भने तीन दिन पछि अर्थात शनिबार मात्र आयो ।



    घटना नं. २
    बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको क्वारेन्टिनमै रहेका बेला जेठ ४ गते आइतबार निधन भयो । वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

    शनिबार राति एक्कासी ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लैजान खोज्दा क्वारेन्टिमै मृत्यु भएको थियो । तर, उनको रिपोर्ट भने आईतबार दिउसो मात्र आएको थियो । जसले गर्दा मृतकले आफूलाई कोरोना लागेको थाहा पाएनन् ।

    घटना नं. ३
    गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोटका ४१ वर्षिय पुरुषको रुपन्देहिको मणिग्रामस्थित तिलोत्तमा अस्पताल, जेठ ८ गते विहिबार निधन भयो । जेट १ गते नै भर्ना भएका उनको जेठ २ गते स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा ५ गते मात्रै कोरोना पोजेटिभ भएको रिपोर्ट आयो ।

    त्यतिबेलासम्म उनको स्वास्थ्यमा धेरै समस्या देखिएकाले आईसीयूमा राखेर भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको अस्पतालले जानकारी गराएको थियो । त्यसैले गर्दा ति पुरुषले पनि आफूलाई कोरोना संक्रमण भएको पत्तो पाउन सकेनन् ।

    घटना नं ४
    मिर्गौलाको समस्याका कारण वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गर्न आएका कलैयाका–७, बाराका ७० वर्षीय वृद्धको जेठ ४ गते आइतबार मृत्यु भयो । तर, ८ दिनपछि अर्थात १२ गते साेमबार मात्रै ति बृद्धामा कोरोना पोजेटिभ भएको रिपोट आयो । यो घटनामा पनि मृतकले आफूलाई कोरोना लागेको पत्तो पाएनन् ।

    घटना नं ५
    ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा उपचार गराइरहेका बुङमतीका ५७ वर्षीय पुरुषको जेठ १४ गते बुधबार दिउसो निधन भयो । कलेजोका विरामी उनी जेठ ११ गते अस्पताल भर्ना भएका थिए भने १२ गते पिसिआर परीक्षणका लागि श्वाव संकलन गरिएको थियो । तर, उनको रिपोर्ट भने १४ गते बुधबार साँझ मात्र आयो ।

    यो घटनामा पनि विरामीलाई आफूलाई कोरोना लागेको जानकारी पाउन सकेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने त्यसको भोलिपल्ट मात्र कोरोनाका कारण मृत्यु भएको भनेर पुष्टि गर्यो ।

    घटना नं ६
    छिमेकी मुलुक भारतबाट स्वदेश फर्कदै गर्दा सिमा पारी नै अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ चरेपानीका ३५ वर्षीय पुरूषको जेठ १० गते शनिबार मृत्यु भयो । सोहि दिन ति युवकको शव कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएयो भने त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

    भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट जेठ १५ गते विहिबार उनमा कोरोना संक्रमण भएको पुष्टि भयो । बाटोमा आउँदै गर्दा मृतकले छाती दुखेको बताएपछि लखनउ अस्पतालमा लैजानेक्रममा उनको बाटामै मृत्यु भएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने जेठ १६ गते मात्र छैटौं संक्रमितको मृत्यु भएको पुष्टि गर्यो । यो घटनामा पनि मृतकले आफूलाई कोरोना संक्रमण भएको थाहा पाउन सकेनन् ।

    घटना नं ७
    दैलेखको दुल्लु नगरपालिका –७ मा क्वारेन्टिनमा रहेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको आज अर्थात जेठ १८ गते शनिबार मृत्यु भयो । शनिबार विहान मृत्यु भएका उनी १० दिन अघि भारतको गुजरातबाट आएका थिए ।

    पीसीआर परीक्षणका लागि तीन दिन अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा श्वाव पठाइएकोमा शनिबार दिउसो मात्र कोरोना पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आइतबार विहानसम्म पुष्टी गरीसकेको छैन । यो घटनामा पनि उनले आफूलाई कोरोना लागेको पत्तो पाउन सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार