Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना भगाउन ४ घण्टा लगाएर चितवनमा पुजा

    कोरोना भगाउन ४ घण्टा लगाएर चितवनमा पुजा

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    चितवन। बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको  प्रकोप अन्त्यका लागिपूर्बी चितवनको खैरहनीमा आज संसारिक पुजा लगाइएको छ ।  खैरहनी नगरपालिका वडा नम्बर १० शान्ति बजार र राप्ती नगरपालिका वडा नम्बर ८ भवानीबजारका स्थानीयले मिलेर संसारिक पुजा लगाएका हुन ।

    प्रकोप हट्ने विश्वासका साथ पुजा लगाइएको स्थानीय हरिप्रसाद सापकोटाले वताए । रोगब्याधी फैलिएको वेला अग्रजहरुले पनि संसारिक पुजा लगाउने चलन रहेकाले अहिलेको कोरोनाको प्रकोप अन्त्यका लागि गाउँलेहरु मिलेर पुजा लगाइएको उनले वताए ।



    वि.सं.२०१७ सालमा पनि रोगको महामारी भएका वेला संसारिक पुजा लगाईएको अग्रजहरुले वताएको सापकोटाले जानकारी दिए ।
    दुई जना पण्डितहरुले करिव ४ घण्टा लगाएर पुजा गराएका थिए । संसारिक पुजामा देवीको पुजा गर्ने गरिन्छ । पुजामा स्थानीय खेमप्रसाद दाहाल र राजु अधिकारी कर्ता रहेका थिए । पुजा गाउँको नजिक फाँटमा लगाईएको थियो । पुजा लगाउने भएपछि स्थानीयले स्वत:स्फुर्त रुपमा सहयोग गरेका थिए ।
    चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट तीन लाख भन्दा वढिको ज्यान जानुका साथै लाखौ प्रभावित भएका छन् ।



    नेपालमा पनि कोरोना भाइरसका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने  संक्रमितको संख्याअहिलेसम्म १ हजार ४ सय १ पुगेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार