सुर्खेत- कर्णाली प्रदेशमा शनिबार बिहान थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रयोगशाला शाखा संयोजक विवेक कुमार पुनले जानकारी दिए । थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का एक, वडा नं ३ का एक, वडा नं ४ का तीन, वडा नं ६ का एक, वडा नं ८ का दुई, वडा नं ९ का दुई, वडा नं १० का दुई र वडा नं ११ का दुई जना छन् ।
उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।
योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ ।
Leave a Reply