Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एनआईसी एसियाको एटिएम फुटाएर पैसा चोर्दा चोर्दै पक्राउ

    एनआईसी एसियाको एटिएम फुटाएर पैसा चोर्दा चोर्दै पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    फाइल तस्विर

    भक्तपुर। एटिएम मेसिन फुटाएर पैसा चोर्दा चोर्दै एक  जना प्रहरी फन्दामा परेका छन्। सिन्धुपालचोक कदम्बास घर भइ भक्तपुर बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीले तामाङलाई एटिमएम फुटाउँदै गर्दा गएराति २:१५ बजे पक्राउ गरेको हो । ठिमी नगरपालिका ६ बाहखा बजारस्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।



    तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद भएको छ । तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार