Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रहरीमाथि आक्रमण गर्ने वडाअध्यक्ष पक्राउ

    प्रहरीमाथि आक्रमण गर्ने वडाअध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    रौतहट । प्रहरीमाथि आक्रमण गरेको आरोपमा वडाअध्यक्ष पक्राउ परेका छन्। प्रहरीले  गुजरा नगरपालिका–४ का वडा अध्यक्ष पवनराज गिरिलाई पक्राउ गरेको हो ।

    भारतबाट गुजरा आएका ७८ जनालाई उपमेयर रौषन खातुन शेखले सिम्राभवानिपुर क्वारेन्टाइनमा लैजान खोज्दा वडाअध्यक्ष गिरिले माबी कनकपुरमा लग्नु पर्छ भनी बिबाद गरेपछि लफडा भएको थियो ।



    उनीहरुलाई  सिम्राभवानिपुरस्थित क्वारेन्टाइनमा लग्ने क्रममा उपमेयर शेख र वडाअध्यक्ष गिरिबीच भनाभन भएको थियो ।



    लगत्तै प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिसोर साहको कमान्डमा प्रहरी टोली घटनास्थल पुग्यो । उक्त ठाउँमा

    प्रहरीले भीड नगर्न र सिम्राभवानिपुर क्वारेन्टाइनमा बाहिर बाट आएकालाई लैजान भनेपछि वडाअध्यक्ष गिरि पक्षका व्यक्तिहरुले प्रहरीटोली माथि ढुङ्गामुढा बर्षाएका थिए ।

    आक्रमणमा इन्स्पेक्टर साहको देब्रे हातमा चोट लागेको र मोबाइल समेत फुटेको छ ।  गिरि हाल जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  आक्रमण गर्ने अर्का एक व्यक्ति फरार छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार