Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा फेडेरर

    विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा फेडेरर

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा परेका छन् । फेब्सले प्रत्येक बर्ष निकाल्ने सूचिअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

    ३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए । उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरे । फोब्सको नम्बर एक सूचिमा परेका उनले फुटबल स्टार लियोनल मेस्सीलाई उछिनेका छन् ।



    क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सूचिमा रहेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार