Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशकद्वारा अनियमितता

    सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशकद्वारा अनियमितता

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशक उपरथी (अवकाश प्राप्त) सुधीर श्रेष्ठले आर्थिक अनियमितता गरेको सैनिक अदालतले ठहर गरेको छ । समरी जनरल सैनिक अदालतले तत्कालीन सैनिक हवाई महानिर्देशक पाइलट श्रेष्ठ महानिर्देशक रहेको अवधिमा ओहदाअनुसार कानुनत पालना गर्नु पर्ने प्रकृया र दायित्व पूरा नगरि अनियमितता गरेको फैसला गरेको हो ।

    सैनिक ऐन बमोजिम श्रेष्ठसँग ५८ लाख ९५ हजार ५ सय ९० असुलउपर गर्ने र नसिहत दिने निर्णयसमेत सैनिक अदालतले गरेको छ । श्रेठलाई सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन–२०६३ अनुसार कारबाही गरिएको हो । सेनाका अनुसार श्रेष्ठले रकमको कुनै हिसाब किताब नराखी आर्थिक अनियमितता गरेको देखिएको हो ।



    सोही मुद्दामा आठजना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरि फैसला पनि भएको छ । एकजना अधिकृत र नौजना अन्य दर्ताका सैनिकहरुलाई भने सैनिक अदाललले सफाई दिएको छ ।



    सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथी शरद गिरीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्ड २०७६ साल चैत ४ गते गठन गरिएको थियो । उक्त बोर्डको रायसहितको प्रतिवेदनको आधारमा उक्त महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी श्रेष्ठसहित १९ जनामाथि सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले जेठ १४ मा फैसला सुनाएको थियो । सो फैसला शुक्रबार सम्बन्धितहरुलाई सुनाईको सेनाले जनाएको छ ।

    महानिर्देशक रहँदा कानुनत पालना गर्नुपर्ने प्रकृया र दायित्व पूरा नगरि सैनिक ऐनविरुद्ध काम गरेको अदालतको ठहर छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार