Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अब यी नाकाबाट आउन पाउने छन् भारतमा रहेका नेपाली

    अब यी नाकाबाट आउन पाउने छन् भारतमा रहेका नेपाली

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिको आज बसेको बैठकले भारतबाट स्वदेश फर्कन चाहने नेपालीहरुका लागि २० वटा नाका तोकेको हो ।



    अब नेपाल आउन चाहनेहरु पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा र कृष्णनगर नाकाबाट नेपाल आउन सक्नेछन् ।



    त्यसैगरी जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका नेपालीका लागि देश प्रवेश गर्ने नाकाका रुपमा तोकेको बताइएको छ ।

    समितिले प्राथमिकताको आधारमा तत्काल २५ हजार नेपालीलाई भारतबाहेक तेस्रो मुलुकबाट ल्याउने निर्णय पनि गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार