Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाका कारण छैटौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

    कोरोनाका कारण छैटौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । भारतबाट स्वदेश फर्कदै गर्दा सिमामा नै मृत्यु भएका युवकमा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

    गत जेठ १० गते भारतबाट अर्घाखाँची आउँदै गर्दा सिमापारी नै उनको मृत्यु भएको थियो ।



    तर, उनको मृत्युलाई कोरोनाका कारण नेपालभित्र मृत्यु भएकाको संख्यामा गन्ने कि नगन्ने भन्ने अन्यौल देखिएको थियो । तर, आज मन्त्रालयले कोरोनाका कारण ६ जनाको मृत्यु भएको जानकारी गराएको हो ।



    ११ गते स्वाव संकलन गरिएकोमा १५ गते साँझ मात्र रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

    अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ चरेपानीका ति युवकको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो भने त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

    घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए।

    ति युवासँगै भारतको गुजरात हुँदै दुईटा बसमा अरु नेपालीहरु पनि आएका थिए ।

    उनले बाटोमा साथीहरुसँग खाना खाएपछि वान्ता गरेका थिए । आगरा पुगे पछि मृतकले छाती दुखेको बताएपछि लखनउ अस्पतालमा लैजानेक्रममा उनको बाटामै मृत्यु भएको थियो ।

    दुई वटा बसमा कुल ९८ जना यात्री थिए । उनीहरुको तथ्या‌ंक संकलन सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

    यसअघि नेपालमा सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा र ललितपुरमा गरी पाँच जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार