Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीकाे दादागिरी

    नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीकाे दादागिरी

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    वीरगन्ज- सीमावर्ति क्षेत्रका भारतीय सुरक्षाकर्मीले पर्साको ठोरीमा नेपाली भूमिमै प्रवेश गरी सडक भत्काएका छन् । ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालन गर्न बनाइएको सडक भारतीय सुरक्षाकर्मीले बिहीबार साँझ भत्काएका हुन् ।

    भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए । केही समयको भनाभनपछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुन माटो पुरेका छन्



    शुक्रबार बिहान वडा एक, दुई र तीनका जनप्रतिनिधि र स्थानीयको भेलाले प्रजिअलाई स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन आग्रह गरेको छ । यस सम्बन्धमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ठोरीको ठुटे खोला पुल सञ्चालनको विषयमा दुबै पक्षबीच छलफल भइरहेको बताए । भारतीयको अवरोधकै कारण पुल निर्माण सम्पन्न भएको २ वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार