Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रहरीकाे भवन बनाउन ल्याउँदै गरिएकाे अवैध काठ बरामद

    प्रहरीकाे भवन बनाउन ल्याउँदै गरिएकाे अवैध काठ बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    गोरखा । डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि ल्याइदै गरेको अवैध काठ नियन्त्रणमा लिएको छ । उक्त काठ भीमसेन थापा गाउँपालिका–८ बाट नियन्त्रणमा लिइएको हो ।

    सालको ९ थान (३.७५ क्यू फिट) र बरको ३२७ थान (८८.८८ क्यू फिट) चिरान काठ नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत तोयानाथ पौड्यालले बताए । उनका अनुसार टाँचा निसाना नलागेको र ओसारपसार इजाजत (छोडपुर्जी) विना ल्याइएको फेला परिएपछि काठ नियन्त्रणमा लिइएको हो ।



    अवैध काठ ओसार पसारमा संलग्न पाँच जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको उनले बताए। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–८ का सवारी धनी सरोज श्रेष्ठ, सोही ठाउँका सवारी चालक रमेश कुमाल, सहचालक नवराज परियार र दीपेन्द्र कुमाल रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय भवन निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सन प्रालिका हरि विष्टलाई पनि पक्राउ गरिएको पौड्यालले बताए । कैलालीको धनगढी उपमहानगरपालिका–८ बस्ने विष्टले अनुसन्धानको क्रममा प्रहरीको भवन निर्माणका लागि काठ ल्याएको स्वीकार गरेका छन् । काठ ओसारपसारमा प्रयोग भएका ग १ त ३८७३ र ग १ त ६२२८ नम्बरको दुई वटा ट्याक्टर नियन्त्रणमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार