Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कांग्रेसका दुई नेता अचानक बालुवाटार पुगेपछि खैलाबैला

    कांग्रेसका दुई नेता अचानक बालुवाटार पुगेपछि खैलाबैला

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 6.9K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई  युवा नेताले अचानक बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि कांग्रेसभित्र खैलाबैला शुरु भएको छ।

    कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा.चन्द्र भण्डारी र एनपी साउदले बिहीबार ओलीलाई बालुवाटरमा सुटुक्क भेटेका हुन् ।



    भारतले अतिक्रमण गरेको नेपाली भूमिको विषयलाई लिएर विवाद भइरहेका बेला कांग्रेसका नेताद्वय डा.भण्डारी र साउदले सुटुक्क ओलीलाई भेटेका छन् ।



    लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधनका विषयमा चर्चा चलिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेको सम्बन्धमा कांग्रेसभित्र खैलाबैला भएको छ ।

    कांग्रेसका नेताद्वय डा.भण्डारी र साउदले ओलीसँग नेपालको समसामयिक राजनीति विषय, संविधान संशोधन, विदेशबाट आउने युवाहरूको ब्यवस्थापन, कोरोनाबाट जनतालाई बचाउने उपाए लगायत कुराकानी गरेको जनाइएको छ ।

    डा.भण्डारीले बुटवलको सिद्धबाबाको विकल्प, एक अर्बभन्दा बढी खर्च भैसकेको सडक पटौति–खर्ज्याड, तम्घास–वामी–खर्वाङ्ग पाँच र चार नम्बर प्रदेश द्रुत सडक योजना आयोगले हटाएको सम्वन्धमा ओलीसँग छलफल गरेको जनाइएको छ ।

    डा.भण्डारीले ओलीसँग प्रत्येक पालिकामा ७ जना डाक्टर र ३ जना ल्याव टेक्टिनिसियन राख्नु पर्ने र रुकुम पूर्वको कारुणिक घटनाको बारे निष्पक्ष छानविनको माग समेत गरेको जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार