Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बालाजुमा मिनी ट्रकको ठक्करबाट स्कुटरमा सवार दुईको मृत्यु

    बालाजुमा मिनी ट्रकको ठक्करबाट स्कुटरमा सवार दुईको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौं ।  बालाजुमा मिनी ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई युवाको मृत्यु भएको छ । गोंगबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनी ट्रकले ना ६५ प २००१ नम्बरको स्कुटरलाई नयाँ वसपार्क नजिकै बिजी मल अगाडि ठक्कर दिँदा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो ।

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जकाका अनुसार, बुढाको ट्रमा सेन्टर र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु गभएको हो ।
    दुर्घटनापछि भागेका मिनी ट्रकका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार