Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मदिरा पिएर वडा अध्यक्षमाथि हातपात

    मदिरा पिएर वडा अध्यक्षमाथि हातपात

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    डडेल्धुरा । मदिरा पिएर सरकारी कर्मचारीले अमरगढी नगरपालिका वडा नं.१० का वडा अध्यक्ष विष्णु भट्टमाथि हातपात गरेका छन् ।

    अमरगढी नगरपालिका वडा नंं.१० बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा सेवन गरि हातपात गरेको वडा अध्यक्ष विष्णु भट्टले बताए ।



    वडा नं.१० मा रहेको क्वारेन्टाईनमा ७२ जनाको व्यवस्थापन गर्नु पर्ने र विद्यालयको भवनमा मात्रै सम्भव नभएको र रेडक्रसको भवनमा क्वारेन्टाईन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालि गलौज सहित हातपात गरेको बडा अध्यक्ष भट्टले बताए ।



    ‘जेठ ११ गते पनि विद्यालयमा क्वारेन्टाईन बनाउन लाग्दा ऐरले अवरोध गरेको भट्टको भनाई छ । हातपात गर्ने ऐर वडा अध्यक्षमा भट्टसंग वडाअध्यक्षमा पराजित व्यक्ति हुन् । ऐरलाइ विहिबार राति नै पक्राउ गरि थुनामा राखिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार