Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • ट्रम्पद्वारा सामाजिक सञ्जाल नियमन गर्ने कार्यकारी आदेश जारी

    ट्रम्पद्वारा सामाजिक सञ्जाल नियमन गर्ने कार्यकारी आदेश जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाहरूलाई नियमन गर्ने कार्यकारी आदेश जारी गरेका छन् ।सामाजिक सञ्जाल ट्वीटरले आफ्ना ट्वीटमा ‘तथ्य जाँच’ राखेपछि रूष्ट बनेका ट्रम्पले सामाजिक सञ्जाहरूलाई नियमन गर्ने कार्यकारी आदेश जारी गरेका हुन् ।

    उनले उक्त प्रकरणको ४८ घण्टाभित्र यस्ताे आदेश जारी गरेका हुन् । ट्वीटर, फेसबुकलगायतका सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीप्रति उनीहरुले सम्पादन गरे वा हटाए त्यसकाविरुद्ध प्रयोगकर्ता वा नियामक निकायले कानूनी उपचार खोज्न पाउने भएका छन् ।



    ट्रम्पले कम्युनिकेशन डिसेन्सी सम्बन्धी कानूनलाई स्पष्ट पार्नका लागि भन्दै कार्यकारी आदेश जारी गरेको बताए। उक्त कानूनले फेसबुक, ट्वीटर, युट्यूबसहितका सामाजिक सञ्जाललाई केही अवस्थामा कानूनी सुरक्षा प्रदान गर्दै आएको छ । जारी कार्यकारी आदेशसँगै अब सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटेका छन्



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार