Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द

    जटही र खजुरी नाका अनिश्चितकालका लागि बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडाैँ । भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो ।

    नेपाल–भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखे पनि धनुषाको नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिए । भारतबाट नेपाल भित्रिने नेपालीको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टिनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका सञ्चालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।



    सहायक प्रजिअ पोखेरलले सङ्घीय सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पार्नुभयो । सीमानाका बन्द भएपछि अब धनुषावासीले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार