Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अनलाइनले पनि लोक कल्याणकारी विज्ञापन पाउने

    अनलाइनले पनि लोक कल्याणकारी विज्ञापन पाउने

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।



    डा. खतिवडाले पत्रकारिता क्षेत्रको व्यावसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुका साथै पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई सञ्चारकर्मीको हितको कार्यमा उपयोग गर्ने पनि बताए ।



    त्यसैगरी सूचना, प्रविधि दूरसञ्चार र विद्यमान ब्रोडव्याड नीति परिमार्जन गर्दै फाइबर टु होम प्रविधिबाट स्तरीय र भरपर्दो ब्रोडव्याड इन्टरनेट सेवा दुई वर्षभित्र सबै स्थानमा पुर्याइने पनि बजेटमा उल्लेख छ ।

    सरकारले आज आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार