Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो !

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो !

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । भारतबाट स्वदेश फर्कदै गर्दा सिमामा नै मृत्यु भएका युवकमा कारोना संक्रमण देखिएको पुष्टि भएको छ ।

    गत जेठ १० गते भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।



    ति युवकको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरेका छन् ।



    अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ चरेपानीका ति युवकको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो भने त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

    भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनी कोरोना संक्रमित पुष्टि भएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताए ।

    घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए।

    ति युवासँगै भारतको गुजरात हुँदै दुईटा बसमा अरु नेपालीहरु पनि आएका थिए ।

    उनले बाटोमा साथीहरुसँग खाना खाएपछि वान्ता गरेका थिए । आगरा पुगे पछि मृतकले छाती दुखेको बताएपछि लखनउ अस्पतालमा लैजानेक्रममा उनको बाटामै मृत्यु भएको थियो ।

    दुई वटा बसमा कुल ९८ जना यात्री थिए । उनीहरुको तथ्या‌ंक संकलन सुरु भइसकेको प्रजिअ पौडेलले बताए।

    यसअघि नेपालमा सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा र ललितपुरमा गरी पाँच जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

    यद्यपी उनको मृत्युलाई कोरोनाका कारण नेपालभित्र मृत्यु भएकाको संख्यामा गन्ने कि नगन्ने भन्ने अन्यौल देखिएको छ।

    उनको स्वाब परीक्षण र दाहसंस्कार नेपालमै गरिएको भए पनि स्वास्थ्य मन्त्रालयले भने नेपालमा मृत्यु भएको मान्ने कि नमान्ने भन्ने बिषयमा अन्योल भएको भन्दै निर्णय गरेको छैन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार