Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रुकुम हत्या घटनाको निष्पक्ष छानबिन होस् : संयुक्त राष्ट्र संघ

    रुकुम हत्या घटनाको निष्पक्ष छानबिन होस् : संयुक्त राष्ट्र संघ

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिममा भएकाे हत्या घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने पर्नेमा जाेड दिएकी छन्।

    उनले भनेकी छिन्, ‘म मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु र विश्वास ग‍र्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ ।’



    संयोजक भ्यालेरीले यो घटनाले नेपालमा जातीय विभेद कायमै रहेको बताएकी छिन् । शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आक्रणममा परी चारजना युवाले ज्यान गुमाएका छन् भने दुईजना अझै बेपत्ता छन् ।



    जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज पनि मारिएका छन् । घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार