काठमाडौं । दैलेखको नारायण नगरपालिकामा थप ८ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।
कर्णालीको समाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नारायण नगरपालिकाका वडा नं १, ३, ५ र ६ का ६ जना पुरुष, १ महिला र १ बर्षिय बालकमा कोरोना पोजिटिभ देखिएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको सख्या ४६ पुगेको छ ।
दैलेखमा भेटिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ ।
आजमात्रै ८८ जना संक्रमित थपिएका छन् ।
Leave a Reply