Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • विप्लवका केन्द्रीय नेता थुनामुक्त भए लगत्तै गिरफ्तार

    विप्लवका केन्द्रीय नेता थुनामुक्त भए लगत्तै गिरफ्तार

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका केन्द्रीय नेता लेखराज गजमेर बुधबार साँझ पक्राउ परेका छन् । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पक्राउ गरेकाे हाे।

    सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र अधिकारकर्मी हिरामान लामाको रोहवरमा गजमेरलाई थुनामुक्त गरिएको थियो ।



    अधिकारकर्मी लामाका अनुसार चन्द समूहका दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य गजमेरलाई धुलिखेल प्रहरीले थुनामुक्त गरेलगत्तै प्रहरी निरीक्षक सुरेश खत्री नेतृत्वको सादा पोशाकका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट गिरफ्तार गरी काठमाडौँ लगेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार