Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना भाइरसको संक्रमण थप बढ्दो, सरकारको तयारी फितलो

    कोरोना भाइरसको संक्रमण थप बढ्दो, सरकारको तयारी फितलो

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ ।

    संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामग्री खरिद गरेको थियो ।



    १ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप १ लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । देशभर २० स्थानबाट कोरोना परीक्षण हुँदै आएको छ ।गत शुक्रबार आरटी–पीसीआर प्रविधिबाट ३ हजार ७ सय ५२ जनाको कोरोना परीक्षण भएको थियो । गत शनिबार ३ हजार ४ सय ६९, आइतबार २ हजार ८ सय ८८, सोमबार २ हजार ८ सय ८२ र बुधबार ३ हजार ८ सय ५३ जनाको कोरोना परीक्षण भएको छ ।



    अब सरकारसँग १ हजार ५ सय जना संक्रमितलाई पुग्ने कीट मात्रै बाँकी छ । स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलका अनुसार १ हजार ५ सय संक्रमितलाई आधार मान्दै कोभिड नियन्त्रणसम्बन्धी सामग्रीको आवश्यकता पहिचान गरिए पनि केसको संख्या बढेसँगै हाल सो आधार पुनरावलोकन गरिएको हो ।

    उनले भने, ‘कोभिडसम्बन्धी सामग्रीको आवश्यकता पहिचान गर्न १ हजार ५ सय केसलाई आधार मानेर पुर्वानुमान गरेका थियौं । केसको संख्या बढेसँगै पुर्वानुमानलाई पुनरावलोकन गरेका छौं ।’उनले ५ हजार केसलाई चाहिने सामग्रीलाई आधार मानेर काम अघि बढाइएको बताए । हालसम्म १२ हजार भीटीएम मौज्दात छ । १ लाख भीटीएम खरिद गरिएकामा ८८ हजार ओटा जिल्ला र प्रदेशमा वितरण गरिएको छ ।

    महाशाखाका निर्देशक डोटेलले २ लाख ५ हजार भीटीएम खरिद प्रक्रिया अघि बढाइएको र छिट्टै प्राप्त हुने बताए । प्रदेशस्तरका प्रयोगशालामा कोभिड–१९ परीक्षणका लागि स्वाबको नमुना संकलन गरेर सुरक्षित राखिने सामग्री (भीटीएम)को अभाव हुन थालेको छ ।

    यस्तै, ९२ हजार सेट पीपीई मौज्दातका रूपमा रहेको छ । १ लाख ४६ हजार थान पीपीई सेट प्राप्त भएकामा जिल्ला र प्रदेशमा ५४ हजार थान वितरण गरिएको छ । १ लाख ८० हजार थान एन ९५ मास्क स्टक रहेको छ । यस्तै, व्यवस्थापन महाशाखाका अनुसार १० हजार बोतल सेनिटाइजर पठाइएको छ ।

    बुधबार मात्रै थप १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये ७ सय ९६ पुरुष र ९६ जना महिला रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितमध्ये १ सय ८३ जना डिस्चार्ज भएका छन् । ४७ जिल्लामा संक्रमण पुष्टि भएको छ । देशभर ६ सय ९९ जना आइसोलेसनमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (राजधानी दैनिक )

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार