Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गणतन्त्र दिवसको दिन २४१ जनाको कैद सजाय मिनाहा

    गणतन्त्र दिवसको दिन २४१ जनाको कैद सजाय मिनाहा

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको आवसरमा आज २४१ जनाको कैदीको कैद सजाय, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय मिनाहा गरेकी छन् ।

    मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरिएको हो । बाँकी आठ व्यक्तिलाई भने विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम २३३ जना कैदीलाई सजाय माफी दिइएको विज्ञप्तिमा उल्लेख छ ।



    त्यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा ८ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको पनि विज्ञप्तिमा जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार