Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हौं’

    ‘राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हौं’

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । १३औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश/विदेशमा रहेका नेपालीलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

    गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका राजनीतिक दल, नेता, कार्यकर्ता र आम जनताको योगदानको उच्च प्रशंसा गर्दै शुभकामना सन्देशमार्फत भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन सबैमा आह्वान समेत गरेकी छन्।



    शुभकामना सन्देशमा भनिएको छ–‘यो ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस्।’



    यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिले गणतन्त्र दिवस मनाउन असहज भएको उल्लेख गर्दै शुभकामना सन्देशमा भनिएको छ–‘यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणमा एकजुट हुन प्रेरणाको विश्वास लिएको छु ।’

    राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने र गणतन्त्र स्थापनमा अहुति दिने ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन्। उनले संक्रमित बिरामीहरुको स्वास्थ्यलाभको कामनासमेत गरेकी छिन्।

    सन्देशमा सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्‍याउने पूर्वजहरुको योगदानलाई समेत राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

    पूर्वजको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन उनले सबैलाई आग्रह गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार