Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

    आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं – आज आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संसदमा प्रस्तुत गरिदैछ ।

    अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजे राजश्व र आयको विवरण (बजेट) प्रस्तुत गर्नेछन् ।



    नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।



    नीति तथा कार्यक्रममा प्राथमिकतमा राखिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसहित कृषि र रोजगारी लगायतका क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याइने छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार