Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 4.8K
    SHARES

    ललितपुर । इमाडोलस्थित किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

    किष्टमा उपचार गराइरहेका बुङमतीका ५७ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।



    गत आइतबार अस्पताल भर्ना भएका उनको सोमबार स्वाब परीक्षणका लागि पठाइएकोमा आज दिउसो उनको मृत्यु भएको हो । तर, कोरोनाको रिपोर्ट भने साँझ मात्र आएको अस्पताल स्रोत बताउँछ ।



    यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्युबारे पुष्टि गर्न बाँकी छ ।

    यसअघि ३ पुरुष र १ महिला (सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १/१ जना) को कोरोनाबाट मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार