Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना अपडेट: देशभर १ लाख ५८ हजार ५ सय ८० बढीको नमूना परीक्षण

    कोरोना अपडेट: देशभर १ लाख ५८ हजार ५ सय ८० बढीको नमूना परीक्षण

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं- कोरोनाको आशंकामा नेपालमा हालसम्म १ लाख ५८ हजा ५ सय ५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५८ हजार २ सय ७२ जनाको पिसिआर र १ लाख २ सय ८७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

    पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको हाे।



    कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। जसमध्ये ७ सय ९६ पुरुष र ९० जना महिला छन्। प्रदेश १ मा १ सय ३, प्रदेश २ मा ३ सय २४, बागमतिमा ३९, गण्डकीमा १३, प्रदेश ५ मा ३ सय ६५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हालसम्म १ सय ८३ जना उपचारपछि डिस्जार्च भएका छन् भने चार जनाको मृत्यु भएको छ।



    मुलुकभर हाल ६ सय ९९ जना अस्पतालको आईसोलेसनमा छन् भने ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाको संक्रमणबाट हाल ४७ प्रभावित छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार