Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • जटही नाकाबाट आएका नेपालीहरूद्वारा ओलीविरुद्ध नारावाजी, भोकले एकको मृत्यु

    जटही नाकाबाट आएका नेपालीहरूद्वारा ओलीविरुद्ध नारावाजी, भोकले एकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    जनकपुरधाम । भारतबाट आएका झन्डै ४ सय जना नेपाली नागरिकहरू नेपाल प्रवेश गरेका छन् ।

    बुधबार भारतबाट आएका नेपाली नागरिक धनुषाको जटही नाकाबाट नेपाल प्रवेश गरेका हुन् । उनीहरूले  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारावाजी गर्दैओलीविरुद्ध नारावाजी गर्दै नेपाल प्रवेश गरेका थिए ।



    उनीहरूले प्रधानमन्त्री ओली मुर्दावाद, केपी ओली हाय हाय जस्ता नारा लगाउँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् ।



    धनुषा प्रशासनले नेपाल भारतको सीमामा आएका नागरिकलाई जिल्ला प्रवेश गराउने निर्णयपछि दिनहुँ सयौंको संख्यामा नागरिक नेपाल आउन थालेका छन् ।

    घर फर्कदै गर्दा एक नेपालीको जटही नाकामा मृत्यु समेत भएको छ ।

    भोकका कारण उनको मृत्यु भएको प्रशासनले जनाएको छ । मृत्यु भएका ती युवक धनुषाका हुन् । शव पोष्टमार्टमाका लागि शव जनकपुरधाम प्रादेशिक अस्पतालपुर्याइएको छ । पोष्टमार्टम पश्चात उनको कोरोना परिक्षण गरिनेछ ।

    युवकको भोकले मृत्यु भएपछि आक्रोसित नागरिकले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्दै क्वारेन्टाइनस्थलबाट जनकपुरका लागि प्रस्थान गरेका छन् ।

    स्थानीय प्रशासनले सुरक्षाकर्मी पठाएर उनीहरूलाई धनुषाको नगराइनमा रोकेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । उनीहरूले सरकारले आफ्नो नागरिकको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।

    ३–४ दिनदेखि जटही नाकामा भारतबाट आएर आफ्नै देशमा अलपत्र परेका व्यक्ति भोकै बस्न बाध्य भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार